माटाकाे भाँडोमा राखिएकाे पानी पिउनाले प्यास मात्र मर्दैन यी ५ समस्या पनि निको हुन्छ-Sutra News

माटाकाे भाँडोमा राखिएकाे पानी पिउनाले प्यास मात्र मर्दैन यी ५ समस्या पनि निको हुन्छ

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

यदि तपाइँ गर्मीमा चिसो पानी पिउन फ्रिज प्रयोग गर्दै हुनुहुन्छ भने त्यसकाे विकल्प तपाइँ तुरुन्तै बजारबाट माटाकाे भाँडो किन्नुहोस्। किनकि माटाकाे भाँडोमा राखिएकाे पानी स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ।



माटाका भाँडामा राखिएकाे पानी पिउनाले गर्मी मात्रै दुर गर्दैन थुप्रै स्वास्थ्य समस्या पनि सुधार गर्दछ । रिसर्च गेट डट नेटमा प्रकाशित एक अध्ययन रिपाेर्टअनुसार माटाकाे भाँडोमा राखिएकाे पानी स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

पाचन सुधार

यदि तपाई पनि गर्मीमा पाचन सम्बन्धी समस्याबाट हैरान हुनुहुन्छ भने माटोको भाँडोमा राखिएकाे पानी पिउनु तपाईको लागि फाइदाजनक साबित हुन सक्छ । माटोकाे भाँडामा रहेको क्षारीय र खनिज गुणले पाचनसम्बन्धी समस्या हल गराउँछ ।

बलियो प्रतिरक्षा

बारम्बार बिरामी पर्नुको कारण कमजोर प्रतिरोधात्मक क्षमता हो । माटाकाे भाँडामा राखिएकाे पानी पिउनले तपाइँकाे राेग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । माटोमा पाइने पोषक तत्वहरूले पानीबाट विषाक्त पदार्थलाई मात्र कम गर्दैन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ।

गर्मीबाट जाेगाउँछ

गर्मीमा माटाकाे भाँडामा राखिएकाे पानी पिउँदा त्यसमा पाइने तत्वले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । तपाइँलाई गर्मीबाट जाेगाउँछ ।

घाँटी दुखाइ रोक्न

फ्रिजको पानी पिउँदा घाँटी दुख्ने समस्या हुन्छ । यस्तो अवस्थामा यसबाट बच्न माटाकाे भाँडोमा राखिएकाे पानी निकै फाइदाजनक हुन्छ । किनभने यसले पानीलाई प्राकृतिक रूपमा चिसो राख्छ।

छाला सफा राख्छ

गर्मीमा छालाको समस्या धेरै बढ्छ, यस्तो अवस्थामा माटाकाे भाँडोमा राखिएकाे पानी निकै फाइदाजनक साबित हुन्छ । यो क्षारीय हो, जसले पानीको पीएच स्तर कायम राख्छ, जसले छालालाई हाइड्रेटेड राख्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट