बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जनाको उपचार हुँदै-Sutra News

बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जनाको उपचार हुँदै

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडाैं । बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटना स्थलमै ज्यान गएको हो।



मृत्यु हुनेमा बुटवल उपमहानगर ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पाँच जना सवार भएकामध्ये दुई जना घाइते भएका छन् । घाइतेमध्ये बुटवल ९ की चन्दा श्रेष्ठको अवस्था गम्भीर छ । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्की घाइते बुटवल ११ की लक्ष्मीता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट