काठमाडौं उपत्यकाको तापक्रम उच्च विन्दुमा रहने-Sutra News

काठमाडौं उपत्यकाको तापक्रम उच्च विन्दुमा रहने

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम उच्च विन्दुमा रहने भएको छ ।



मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ ।

काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । मनसुन भित्रन केही दिन लाग्ने भएकाले शनिबारदेखि आंशिक बदली हुनेछ ।

यस्तै, विभागले देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी, मधेस र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । बाँकी भागमा मौसम सफा छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट