‘देवी’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा-Sutra News

‘देवी’को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । फिल्म ‘देवी’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।



शिल्पाको मास्केको मुख्य भूमिका रहेको फिल्मको निर्माण पक्षले फस्टलुक सार्वजनिक गर्दै भदौको २१ गतेलाई प्रदर्शन मिति तय गरेको हो । फिल्मको सार्वजनिक पोस्टरले विद्रोहको कथा भन्न खोजेको अनुमान लगाउन सकिन्छ ।

संजोग राईले निर्देशन गरेको यो फिल्ममा शिल्पाको गेटअपले पनि उनको भूमिकाले दर्शकलाई सरप्राइज दिन्छ कि भन्ने अड्कल लगाउन सकिन्छ ।

फिल्ममा रेमन गुरुङ, नारायण राई र संजोग राइको लगानी छ । उजेन नोर्वे गुरुङ, मिलन लामा सह–निर्माता रहेको यो फिल्ममा जोइल फ्रोमको छायांकन छ ।

सन्तोष दवाडीको सम्पादन रहेको फिल्ममा जावेद खान कार्यकारी निर्माताको रुपमा छन् । अजय गौतम र संजोग राइको यो फिल्ममा पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट