काठमाडौं । फिल्मकर्मी तथा नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का अध्यक्ष पुष्कर लामालाई मातृशोक परेको छ । लामाकी ममतामयी आमा ७९ वर्षिया लक्ष्मी माया बोमजनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लामाकी आमा पित्त थैलीको क्यान्सरबाट पीडित थिइन् । उपचारकै क्रममा गए गत जेठ २७ गते १ः०५ बजे उनको अस्पतालमै निधन भएको थियो । जेठ २८ गते लामाको घर रहेको मकवानपुरस्थित इन्द्रसरोवर मार्खुको कुलेखानीमा मृतक बोमजनको लामा संस्कारअनुसार अन्त्येष्टी गरिएको थियो । लक्ष्मीमायाका ८८ वर्षका श्रीमान अक्कलबहादुर बमजन, पाँच छोरा र दुई छोरी रहेका छन्।
अध्यक्ष लामा चलचित्र प्राविधिकको हकहितका लागि अनवरत खटिने फिल्मकर्मीका रुपमा चिनिन्छन् । स्पटब्वायहुँदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका लामा अहिले नेपाली फिल्मका प्रोडक्सन म्यानेजर समेत हुन् । लामा अहिले मार्खुमै किरिया बसिरहेका छन् ।