पाकिस्तानमा गधाको संख्या बढेपछि खुसीयाली, सबै गधा लैजाँदै चीन-Sutra News

पाकिस्तानमा गधाको संख्या बढेपछि खुसीयाली, सबै गधा लैजाँदै चीन

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । पाकिस्तानी सरकारले मंगलबार जारी गरेको देशको आर्थिक सर्वेक्षणअनुसार गधाको संख्यामा उच्च वृद्धि भएको छ । गधाको संख्या बढेर ५९ लाख पुगेसँगै पाकिस्तानी सरकारले खुसी व्यक्त गरेको छ ।



सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा गधाको संख्या एक लाखले बढेको हो । अर्थमन्त्री मुहम्मद औरङ्गजेबले संसदमा भनेका छन्, ‘देशमा गाईवस्तुको संख्या लगातार बढिरहेको छ, गधाको संख्या सबैभन्दा धेरै बढेको छ ।’

पाकिस्तान सरकारले गत वर्ष गधाको बिक्रीबाट राम्रो विदेशी मुद्रा आर्जन गरेको थियो । पाकिस्तानको मन्त्रिपरिषद्ले गधाको छाला लगायतका गाईवस्तु र दुग्धजन्य उत्पादन चीनमा निर्यात गर्न स्वीकृति दिएसँगै मुद्रा आर्जन भएको हो ।

चीनले किन लैजान्छ गधा

आर्थिक संकट झेलिरहेको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति नौ लाख करोड रुपैयाँ नाघेको छ । यसबाट बच्न पाकिस्तान सरकारले जनतालाई गधा पाल्न अपिल गरेको थियो । सरकारले ती गधा चीनलाई बेचिरहेको छ ।

चीन विश्वमा गधाको सबैभन्दा ठूलो आयातकर्ता हो । चीनमा औषधिको लागि सधैँ गधाको माग हुन्छ । रिपोर्टका अनुसार चीनमा गधाको सबैभन्दा ठूलो बजार छ ।

चीनमा गधाको मासु, दूध र छालाको ठूलो माग छ । गधाको मासु चीनमा सबैभन्दा लोकप्रिय खाना हो । चीनले विश्वमा सबैभन्दा धेरै गधा निर्यात गर्छ । जबकि पाकिस्तान तेस्रो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट