नक्कली सुन देखाएर ठगी, दुई भारतीय नागरिक पक्राउ-Sutra News

नक्कली सुन देखाएर ठगी, दुई भारतीय नागरिक पक्राउ

बिहिबार, ३१ जेष्ठ २०८१

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौं । सुनजस्तो पहेँलो धातु देखाएर प्रलोभनमा पारी नगद चार लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् । उनीहरूले पोखरा महानगर ८ सृजना चोकमा प्लाष्टिक पसल सञ्चालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई प्रलोभनमा पारेका थिए ,

उनीहरू रकम लिएर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र धातुसहित सोही महानगर १७ बरको बोटबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट