काठमाडौं । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसका कारण कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम सफा रहेको छ । यी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
मौसम विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
यी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।