काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले सस्तिएको छ ।
महासंघका अनुसार भाउ घटेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार दुई सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख ४० हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यसैगरी शुक्रबार चाँदी तोलाको एक हजार आठ सयमा कारोबार भइरहेको महासंघले जनाइएको छ । यसअघि बिहीबार चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँ थियो ।
चाँदीको भाउ केही दिनदेखि नै ओरालाेमा थियो ।