काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले अपराह्न र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए ।
मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ । तर, यसलाई प्रिमनसुन गतिविधि नै मान्नु पर्ने उनले बताए ।
शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।