काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफको आश नगरेको बताएका छन् ।
उनले प्रचण्डलाई किन र के का लागि प्रधानमन्त्री भएको भन्ने मेसो नरहेको भन्दै मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफ नआउने भनाइ थियो ।
उनले नेकपा एमाले सरकारमा पठाएको व्यक्ति हेर्दा सरकारको कामको परिणामबाट पञ्छिने बाटो खोजेको बताए । नयाँ राजनीतिक दलहरुको प्रवृति लोकरिझाई भन्दा अरु केही नरहेको उनको तर्क थियो ।
यस्तै, उनले रास्वपाका मन्त्रीले कामभन्दा चटक गर्नेमा ध्यान केन्द्रीत गरेको बताएका थिए । उनले सरकारप्रति जनतामा देखिएको निराशालाई कांग्रेसले चिर्न सक्ने दाबी गरे ।
२०८४ सालसम्म प्रतिपक्षीमा बस्नु पर्ने र सरकार परिवर्तनको खेलमा नलाग्नेमा कांग्रेस स्पष्ट रहेको उनको भनाइ थियो ।