काठमाडौं । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको तुलनामा यो साता सुन तोलामा ३८ सय र चाँदी १०० रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ४५ हजार रुपैयाँ कायम भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोलामा एक लाख ४४ हजार ३०० रुपैयाँ पुगेको थियो ।
यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ पुगेको चाँदीको मूल्य यो साताको शुक्रबार १८ सय रुपैयाँमा आइपुग्यो ।