आज मिति २०८१ असार २ गते आइतबार । संन् २०२४ जुन १६ तारिख । नेपाल सम्बत ११४४ तछलाथ्व दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः७ बजे भयो भने सूर्यास्त साँझ ७ः१ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः
मेष
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । प्रेमभाव बढ्नेछ । तथापि, आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ भने जागिरमा पनि अल्छीपन छाउन सक्छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, सचेत रहनुहोला । दाम्पत्यसुख बढ्नेछ ।
बृष
व्यस्तता बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा कार्यले मूर्तता पाउनेछ । पढाइलेखाइमा भने खासै मन नजाला । सोचेका तथा योजना बनाएका काम आज पूरा नहुन सक्छ, तर हानी नै पुग्ने अवस्था भने होइन । घरमा पाहुना आगमनको योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने दिन छ । आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन
कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । काममा साथ सहयोग पनि पाइनेछ । प्रायः सबै कामहरू बन्नेछन् र, आयआर्जन वा आर्थिक लाभ पनि होला । आम्दानीको नयाँ स्रोत फेला पर्ने योग छ । ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान महत्व र आरोग्यता बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
कर्कट
केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । स्वास्थ्यमा पनि केही कमजोरी अनुभव हुन सक्छ । यदि वैदेशिक कार्यमा कुनै प्रयास गरिरहनुभएको छ भने आजको प्रयास ब्यर्थ हुन सक्छ । विवाद बढ्ने, सामाजिक मर्यादामा सकमी आउने योग रहेकोले धैर्य वा संयम राखी कार्य गर्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
सिंह
परिवारजनका आकांक्षा पूरा गर्न सकिने समय छ । आज कसैबाट विशेष समर्थन एवम श्रीप्राप्तिको योग छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्ला । रुपैयाँपैसा लाभ हुने देखिन्छ । रसरागको भाव वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या
परिवारबाट सुखको अनुभूति हुनुका साथै अनौठो तरिकाबाट धनलाभ हुनसक्ने समय छ । धन कमाउने बाटाहरुको थालनी हुने योग छ भने सोचेका काममा सफलता मिल्नेछ । दिन खुशीसाथ बित्नेछ, परिवारमा पनि सुखको माहोल बन्ला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तानसुख प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्न देखिन्ेछ । रमणीय र सुखद यात्राको योग पनि छ । आजको दिन परिवारमा खुशीको माहोल छाउला । पुराना साथीसँगको भेटघाटले मन हर्षित होला । आयबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण रहला ।
बृश्चिक
आजको दिन खासै सुखद् नरहला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । भौतिक साधनमा क्षति पुग्न सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यावस्था पनि कमजोर रहेको अनुभूति होला । तथापि, कठोर मिहिनेतले काममा आंशिक सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । शत्रुपक्ष परास्त होलान् ।
धनु
आजको दिन सोचेअनुसार काम सम्पन्न नहोला तर नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहला । महत्वपूर्ण कार्यमा बाधा आइपरेपनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने योग छ । अरुको काममा धेरै समय खर्च गर्नुपर्ला । मिहेनतअनुसार फल भने थोरै मिल्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मकर
सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । बन्दव्यापारबाट लाभ मिल्ला । स्वास्थ्य सवल रहनेछ । नयाँ काममा ध्यान दिए मान–सम्मान मिल्ने योग छ । दौडधुपका साथै कर्मबल बढ्नेछ । परिवारिक सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ
आजको दिन शुभदायी छ । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । साथै ब्यापार–ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । काम गर्न जाँगर चल्नाले खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ होला । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन
आजको दिन त्यति सुखद नरहला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि रहला । हातहतियारबाट जोग्गिएर काम गर्नु हितकर हुनेछ । कुरा काट्नेहरु बढ्ने र ठूला व्यक्तिबाट आलोचना हुने योग छ । कसैसंग वादविवादको पनि सम्भावना छ, धैर्य राख्नुहोला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।