काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ । हवाइ इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ । निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्ने छ ।
त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा मूल्य कम गरिएको निगमले जनाएको छ ।
एलपी ग्यासको भने मूल्य यथावत राखेको छ । योसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय रूपैयाँ छ ।