काठमाडौं । कास्की जिल्लाको पोखरा महानगर ३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
सोही ठाउँ बस्ने ९ वर्षीय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।
यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।