सहकारी ठगी गर्ने चार जना सर्वाजनिक, टेलिभिजनमा लगानी गरेको खुलासा-Sutra News

सहकारी ठगी गर्ने चार जना सर्वाजनिक, टेलिभिजनमा लगानी गरेको खुलासा

आइतबार, २ असार २०८१

आइतबार, २ असार २०८१

काडमाडौं । प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई सार्वजनिक गरेको छ ।



प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त सहकारीका अध्यक्ष तेजविक्रम थापासहित व्यवस्थापक सजना राजकर्णिकार र सदस्यहरू भिमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको हो ।

सहकारीले बचतकर्ता सदस्यहरूको रकम फिर्ता नगरेको भनेर उजुरी परेपछि सहकारी विभागले प्रहरीलाई पत्र पठाएको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्तिहरू फरार रहेकामा जेष्ठ ३१ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उक्त सहकारीबाट दुई हजार ५३१ बचतकर्ता पीडित भएको देखिएका थिए । उनीहरूको दुई अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । जसमध्ये ५६६ जनाले ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन् । प्रहरीलाई झुक्काउनका लागि उनले अर्को नाममा टेलिभिजनको परिपत्रसमेत बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट