काठमाडौं । काठमाडौं महानगरको ‘डोजर आतंक बन्द गर’ भन्दै कवाड व्यवसायीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरविरुद्ध माइतिघरमा विरोध प्रदर्शन गरिएको हो ।
आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले जनाएका छन् ।
काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवासायीहरूले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिए ।
प्रदर्शनमा सहभागीहरूले कवाडीमाथि डोजर आतंक बन्द गर, अदालतको निर्णयको सम्मान गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।