काठमाडौं । असार महिनाको पहिलो कारोबार दिन (आइतबार) नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार १७.०४ अंकले घट्दै नेप्से २०९५.२५ को बिन्दुमा ओर्लिएको छ । समग्रमा नेप्से ०.८० प्रतिशतले घटेको छ ।
यसदिन दोहोरो अंकले घटेको नेप्सेका सबै इन्डेक्स राताम्मे बने । होटल तथा टुरिजम सबइन्डेक्समा सामान्य सुधार आउँदा अन्य सबै सवइन्डेक्समा घटे ।
विकास बैंक, माइक्रो फाइनान्स र अन्य सवइन्डेक्समा १ प्रतिशतभन्दा बढीले गिरावट आउँदा बाँकी सवइन्डेक्समा १ प्रतिशतभन्दा कमकाे गिरावट आयो ।
यस दिन कारोबारमा आएका २४७ कम्पनीमध्ये १७७ कम्पनीको मूल्य घट्यो भने ६४ कम्पनीको मूल्यमा सामान्य सुधार भयो ।
इन्डेक्स घटेसँगै यस दिन कारोबार रकम पनि घट्याे । एक करोड ३२ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको भयो ।
जुन केही दिनयताकै कम कारोबार हो ।
यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्र स्थानमा रह्यो । निरन्तर पोजेटिभ सर्किट लागिरहेको नेपाल फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिदा कारोबार रकम बढेको हो ।
यी हुन् उच्च मूल्य बढेका कम्पनी
नेपाल फाइनान्स : १० प्रतिशत
मनकामना स्मार्ट लघुवित्त : ९.०९ प्रतिशत
शिव श्री हाइड्रोपावर : ८.१७ प्रतिशत
कुथेली बोकारी स्माल हाइड्रो : ७.३५ प्रतिशत
दिव्यश्वरी हाइड्रो : ६.७१ प्रतिशत
यी हुन् उच्च मूल्य घटेका कम्पनी
भगवती हाइड्रोपावर कम्पनी : १० प्रतिशत
समृद्धि फाइनान्स : ६.११ प्रतिशत
ग्लोबल आइएमइ लघुवित्त : ५.४९ प्रतिशत
मुक्तिनाथ कृषि कम्पनी : ५.१६ प्रतिशत
प्रभु स्मार्ट फण्ड : ५.११ प्रतिशत