काठमाडौं । नक्कली लाइसेन्स विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपसचिवलाई समेत पक्राउ गरेको छ ।
सीआईबीले वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल पक्राउ परेका छन् ।
यस्तै, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल पक्राउ परेको हो । स्रोतका अनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।