नेपालले लियो तेस्रो विकेट, सुरूको बलदेखि दबाबमा बंगलादेश-Sutra News

नेपालले लियो तेस्रो विकेट, सुरूको बलदेखि दबाबमा बंगलादेश

सोमबार, ३ असार २०८१

सोमबार, ३ असार २०८१

काठमाडौं । नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिला बलिङ गरिरहेको छ । जसमा नेपालले तेस्रो विकेट लिएको छ । खेलको पहिलो बलमै सोमपाल कामीले एक विकेटसहित दुई विकेट लिए । यस्तै, दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।



आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नेपालले करण केसीको ठाउँमा सन्दीप जोरालाई प्लेइङ एघारमा सामेल गरेको छ ।

आजको प्लेइङ एघारमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र  अविनाश बोहोरा रहेका छन् ।

नेपाल विश्वकपको समुह चरणमा पुग्न असफल भएपनि यस खेलको नतिजाले सुपर आठमा पुग्ने दोस्रो टिमको टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट