काठमाडौं । अमेरिका र वेष्ट इण्डिजमा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध चार विकेट लिएको छ ।
खेलमा सुरुको बलदेखि ने नेपाली बलर हाबी भएका छन् । पावर प्लेको खेल सकिँदा बंगलादेशले ३१ रन बनाएर चार विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एकरएक विकेट लिए ।
ओपनर लिटन दासले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेर आउट भए ।