काठमाडौं । जारी टी २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको लक्ष्य दिएको छ ।
पहिलो बलदेखि नै नेपाली बलर हाबी हुँदा बंगलादेश १०६ रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।
यसै खेलमा सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा क्रिकेटमा १०० विकेट पूरा गर्दै नयाँ रेकर्ड बनाए ।
खेलको पावर प्लेमा नेपालको शानदार बलिङ हुँदा बंगलादेशले ४ विकेट गुमाएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशका कुनै पनि ब्याटर मैदानमा टिकेर खेल्न सकेनन् ।