ब्याटिङमा टिक्न नसक्दा नेपाल पराजित, बंगलादेश सुपर ८ मा पुग्यो-Sutra News

ब्याटिङमा टिक्न नसक्दा नेपाल पराजित, बंगलादेश सुपर ८ मा पुग्यो

सोमबार, ३ असार २०८१

सोमबार, ३ असार २०८१

काठमाडौं । जारी टी २० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । १०७ रनको झिनो लक्ष्य पाएको नेपाल १९.२ ओभरमा अलआउट भएको हो । नेपालमाथि जित निकाल्दै बंगलादेश सुपर ८ मा पुगेको छ ।



नेपालका लागि कुशल मल्ले ४० बल खेल्दै सर्वाधिक २७ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे ।

दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन बनाउँदा दुई चौका र एक छक्का प्रहार गरे । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए ।

वेष्ट इण्डिजसको किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा १०६ रन बनाएको थियो ।

नेपालीका लागि सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।

यही खेलमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पार गरे । उनले ५४ खेल खेल्दै सय विकेट बनाएका हुन् ।

बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३–१३ रन बटुले । नेपाली बलरको दबाबमा परेका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट