काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब छ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सीआईबीकाे टाेलीले आइतबार राति काठमाडाैंकाे कपनबाट चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेकाे हाे ।
सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले पक्राउ परेकाे पुष्टि गरेका छन् । उनले चिनियाँ नागरिकबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार ति चिनियाँ नागरिकबाट ४८ लाख रुपैयाँ नगद पनि बरामत भएकाे जनाइएकाे छ ।
पक्राउ परेका चिनियाँ नागरिक यसअघिदेखि नै प्रहरीकाे खाेजी सूचीमा रहेकाे सीआईबीले जनाएकाे छ । उनी यसअघिका विभिन्न घटनामा पनि जाेडिइएकाे पाइएकाे जनाइएकाे छ ।