रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु, २५ जना घाइते-Sutra News

रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु, २५ जना घाइते

सोमबार, ३ असार २०८१

सोमबार, ३ असार २०८१

काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बंगालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।



घटनामा २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर)का अधिकारीले बताएका छन् ।

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार बिहान करिब नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट स्तब्ध भएको उल्लेख गरेकी छन् ।

जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटना स्थलमा खटाइएको छ । घटनाको अनुसन्धान भइरहेकाले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट