काठमाडौं । जिल्लाको वीरेन्द्रनगर नगरपालिका ११ मा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मीप्रसाद कँडेल रहेका छन् ।
स्थानीय तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा सोमबार दिउँसो उनीहरुको निस्सासिएर मृत्यु भएको हो ।
अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरुलाई प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि बचाउन सकिएन ।