आज यी चार प्रदेशमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?-Sutra News

आज यी चार प्रदेशमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । अहिले नेपालको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति यी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट