नाक भाँचिएपछि एम्बाप्पेले मास्क लगाएर खेल्ने-Sutra News

नाक भाँचिएपछि एम्बाप्पेले मास्क लगाएर खेल्ने

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । जारी युरोकपमा अस्ट्रियाविरुद्धको खेलमा नाक भाँतिएपछि केलियन एम्बप्पेले मास्क लगाएर खेल्ने भएका छन् ।



फ्रान्सले १ गोलले जितेको खेलमा एम्बाप्पेको नाकमा चोट लागेको थियो । खेलपछि उनको नाक फ्याक्चर भएको पाइएपछि अब उनले बाँकी खेल मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रेन्च फुटबल फेडेरेसनले तत्काल एम्बाप्पेको नाकको कुनै सर्जरी नहुने स्पष्ट गर्दै उनका लागि मास्क बनाइने बताएको छ । फेडेरेसनले अहिले उनको नाकको उपचार जारी रहेको र उनी मास्क लगाएर खेल्ने जानकारी दिएको छ ।

फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । यस खेलमा खेलको ३८ औँ मिनेटमा अस्ट्रियाका म्याक्सिमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो ।

फ्रान्सका एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो । समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट