सोनाक्षी र जहीरले कोर्ट म्यारिज गर्ने-Sutra News

सोनाक्षी र जहीरले कोर्ट म्यारिज गर्ने

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले जुन २३ मा अभिनेता जहीर इकबालसँग विवाह गर्ने भएकी छन् ।



७ वर्षदेखि रिलेशनशिपमा यी दुवैले कोर्ट म्यारिज गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन् न कुनै आधिकारिक घोषणा गरेका छैनन्। विवाहपछि सोही दिन साँझ मुम्बईको दादरस्थित बास्टन रेस्टुरेन्टमा रिसेप्शन पार्टी दिने बताइएको ।

मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्शन हुने छ । जहीरले आफ्नो र सोनाक्षीको विवाहको पहिलो निमन्त्रणा सलमान खानलाई पठाएको उनका मेकअप आर्टिस्टले बताएको रिपोर्टमा उल्लेख छ ।

सोनाक्षी र जहीर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए । सोनाक्षी बाहेक जहीरको नाम दीक्षा सेठ र सना सईदजस्ता अभिनेत्रीसँग पनि जोडिएको थियो ।

३६ वर्षीय जहीर इकबालले २०१९ मा फिल्म ‘नोटबुक’ बाट डेब्यू गरेका थिए । यसपछि उनी २०२२ मा सोनाक्षी सिन्हा र हुमा कुरैशी स्टारर फिल्म ‘डबल एक्सएल’ मा देखिएका थिए । ६ वर्षको करियरमा जहीरले यी दुवै फिल्ममा काम गरेका थिए जुन फ्लप थिए ।

जहीरका पिता इकबाल रत्नासी अभिनेता सलमान खानका नजिकका साथी हुन् । जहीरलाई लन्च गर्न पनि सलमानले सहयोग गरेका थिए । यसअघि जहीर सलमानका भाइ सोहेलको फिल्ममा सहायक निर्देशक भएर पनि काम गरेका थिए ।

सोनाक्षीको वर्कफ्रन्टको कुरा गर्दा अहिले उनी ‘हिरामाण्डी’को चर्चामा छिन् । उनी छिट्टै ‘काकुडा’ र ‘निकिता रोय’ जस्ता फिल्ममा देखिनेछिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट