न्युरो समस्याबाट पीडित भइन् चर्चित गायिका याज्ञनिक, सुन्ने क्षमता गुम्यो-Sutra News

न्युरो समस्याबाट पीडित भइन् चर्चित गायिका याज्ञनिक, सुन्ने क्षमता गुम्यो

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । चर्चित भारतीय गायिका अलका याज्ञनिकलाई दुर्लभ न्युरो समस्याबाट पीडित भएकी छिन्। यो रोगका कारण उनको सुन्ने क्षमता गुमेको छ ।



गायिकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन् ।

पोष्टमा गायिकाले लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् । उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् ।

गायिकाले केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरेकी थिइन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।

पोष्टको अन्त्यमा गायिकाले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन् । कुनै दिन व्यावसायिक जीवनले स्वास्थ्यमा पारेको हानिबारे कुरा गर्ने पनि उनले बताएकी छिन् ।

सबैको माया र सपोर्टले पुनः आफ्नो जीवनलाई ट्र्याकमा फर्काउने आशा गरेको पनि पोष्टमा अल्काले भनेकी छिन् । गायिकाको यो पोष्टमा सोनु निगम, इला अरुण लगायत चर्चित गायक-गायिकाहरूले कमेन्ट गरेका छन् ।

गायिका अल्का ८०-९० को दशकका गीतहरू आज पनि सुपरहिट छन् । धेरै पुस्ता बितिसक्दा पनि अल्काको गीतप्रतिको आकर्षण घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट