जेठी श्रीमती हत्याको आरोपमा पुरुष पक्राउ-Sutra News

जेठी श्रीमती हत्याको आरोपमा पुरुष पक्राउ

मंगलबार, ४ असार २०८१

मंगलबार, ४ असार २०८१

काठमाडौं । रौतहटमा जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।



जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चोक बस्ने ३४ वर्षीय मसुद आलम लहेरिलाई प्रहरीले पक्राउ गरेको हो ।

लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजे जेठी श्रीमती ३७ वर्षीय नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए ।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरिलाई सोधबुझ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट