विश्वकपको सुपर आठमा अमेरिकासँग भिड्दै दक्षिण अफ्रिका-Sutra News

विश्वकपको सुपर आठमा अमेरिकासँग भिड्दै दक्षिण अफ्रिका

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । जारी टी २० विश्वकपअन्तर्गत आजदेखि सुपर आठका खेल हुँदै छ । सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका भिड्ने भएको छ ।



एन्टिगास्थित सर भीभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुने छ । यस विश्वकपको समूह चरणमा दक्षिण अफ्रिकाले समूह डी का चारै खेलमा जित हासिल गरेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको थियो ।

दक्षिण अफ्रिका समूह चरणमा भाग्यको साथमा निकै प्रतिस्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडि बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रिकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।

त्यस्तै, अमेरिका यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडि आएको छ । अमेरिकाले समूह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडि बढेको छ । अमेरिकाले भारतसँगको खेल हारे पनि ल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।

टी २० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटक खेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट