संसद् भवनमा सुरक्षाकर्मीद्वारा आफ्नै निधारमा गोली हानी आत्महत्या-Sutra News

संसद् भवनमा सुरक्षाकर्मीद्वारा आफ्नै निधारमा गोली हानी आत्महत्या

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१
फाइल तस्बिर

काठमाडाैं । संघीय संसद भवनमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन् ।



बिहान ६ बजेदेखि ड्यूटीमा बसेका गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ)मा कार्यरत रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेका थिए ।

२२ वर्षीय प्रहरी जवान गाेलेले दुई नम्बर गेटको शौचालयमा छिरेर गोली हानेकाे जनाइएकाे छ।

गाेले नेपाल प्रहरीमा तीन वर्षदेखि कार्यरत थिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट