महेश र अस्मिताबीच इन्गेजमेन्ट-Sutra News

महेश र अस्मिताबीच इन्गेजमेन्ट

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका काफ्ले र अधिकारीले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेका हुन् । 



काफ्लेले इन्गेजमेन्ट गरेको तस्बिर आफ्नो फेसबुक पेजमार्फत शेयर गर्दै आफूहरूले इन्गेजमेन्ट गरेको जनाएका छन् । 

काफ्लेले अधिकारीलाई औंठी लगाइदिएका थिए । 

काफ्ले र अधिकारी अहिलेका निकै चर्चित गायक गायिका हुन् । दुवैले दुवैले थुप्रै चर्चित गीत दिएका छन् । 

साथै, दुवैले सँगै गाएका गीत पनि चर्चित छन् । ‘लज्जावती झार’ दुईले गाएको निकै चर्चित गीतमध्येको एक हो ।  

गायक तथा संगीतकार काफ्ले पूर्वपत्रकार पनि हुन् । उनी खेलकुद पत्रकारको रुपमा लामै समय काम गरेका थिए । 

अधिकारी भने नेपाल आइडलसँगै उदाएकी गायिका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट