चाँदीको मूल्यमा घटबढ भइरहँदा तीन दिनदेखि सुनको मूल्य स्थिर-Sutra News

चाँदीको मूल्यमा घटबढ भइरहँदा तीन दिनदेखि सुनको मूल्य स्थिर

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । स्थानीय बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर छ । सामान्य घटबढका बीच आइतबारको तुलनामा सोमबार बढेको सुनको मूल्य त्यसयता घटबढ छैन । सोमबारदेखि बजारमा एउटै दरभाउमा सुनको किनबेच भइरहेको छ ।



नेपाल सुनचाँदी महासंघका अनुसार सोमबारदेखि नै छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ थियो ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने घटबढ जारी छ । सोमबारको तुलनामा मंगलबार बढेको चाँदीको मूल्य बुधबार घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा हुने मूल्यको घटबढ र स्थानीय बजारमा हुने माग र आपूर्तिमा आउने उतारचढावले सुनचाँदीको मूल्यलाई प्रभावित पार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट