रोहित पौडेलसँग अभद्र व्यवहार गर्ने बंगलादेशी बलरलाई कारबाही-Sutra News

रोहित पौडेलसँग अभद्र व्यवहार गर्ने बंगलादेशी बलरलाई कारबाही

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार गर्ने बंगलादेशी बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।



अमेरिका र वेष्ट इण्डिजमा जारी टी २० विश्वकपअन्तर्गतको खेलमा कप्तान पौडेलसँग निहुँ खोज्ने सकिबलाई आईसीसीले नियमविपरीत व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुँदै भनाभन गरेका थिए । आईसीसीले सकिबले खेलको तेस्रो ओभरपछि कप्तान पौडेलको नजिक आएर आक्रामक व्यवहार गरेका थिए ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहारबारे एम्पायरले सोही समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए ।

आईसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक दिएर थप कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट