ब्लड क्यान्सर पीडितको उपचारमा सहयोग गर्न परिवारको अपिल-Sutra News

ब्लड क्यान्सर पीडितको उपचारमा सहयोग गर्न परिवारको अपिल

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । रुकुम पश्चिम सानीभेरी गाउँपालिका ११ बस्ने लालसिङ खड्काले आफ्नो १७ वर्षीय छोरा नवीनलाई ब्लड क्यान्सर भएसँगै सहयोगका लागि अपिल गरेका छन् ।



काठमाडौंस्थित सिभिल अस्पतालमा छोराको उपचार गराउँदै आएका उनले थप उपचार गर्ने खर्च नभएपछि सहयोगको अपिल गरेका हुन् ।

यसअघि लालसिङले आफ्नो सम्पत्ति बेचेर उपचार गराउँदै आएका थिए । सबै सम्पत्ति सकिएसँगै थप उपचार गराउन सम्भव नभएको उनको भनाइ छ ।

यसका लागि लालसिङ खड्काको (Name:Lalsing Khadka) एनआईसी एसिया बैंकमा रहेको खाता बी ९८७७६९३४१५२४००१ (B 987769341524001)मार्फत सहयोग गर्न सकिने छ । यस्तै थप जानकारीका लागि ९८१४५७९१३८ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट