काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौंमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै गर्न कवाडी व्यवसायीलाई आग्रह गरेका हुन् ।
उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफूले मधेसीमाथि दमनको रुपमा हेरेको टिप्पणी गरे । उनले काठमाडौंमा हुने आन्दोलनमा अन्य र मधेसीमाथि विभेद हुने गरेको बताउँदै पानीको फोहोरा हान्नेदेखि लाठी बर्साएको आरोप लगाए ।
सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।