टी २० क्रिकेटको अलराउण्डरमा छटौँ स्थानमा उक्लिए ऐरी, अरू खेलाडीको अवस्था कस्तो ?-Sutra News

टी २० क्रिकेटको अलराउण्डरमा छटौँ स्थानमा उक्लिए ऐरी, अरू खेलाडीको अवस्था कस्तो ?

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । नेपाली क्रिकेट टोलीका अल राउण्डर दिपेन्द्र सिंह ऐरी विश्व वरियतामा छटौँ स्थानमा उक्लिएका छन् । टी २० क्रिकेट फर्म्याटमा उनले तीन स्थान सुधार गर्दै छटौँ स्थानमा उक्लिएका हुन् ।



आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा टी २० क्रिकेटतर्फ ऐरीले आफूलाई थप सुधार गरेका हुन् । यसअघि उनी नवौँ स्थानमा थिए ।

नेपालका ऐरीभन्दा अगाडि अष्ट्रेलियाका मार्कोस स्टोनिस पहिलो स्थानमा रहेका छन् । यस्तै, दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसराङ्गा, तेस्रो स्थानमा बंगलादेशका शाकिब अल हसन, चौथो स्थानमा अफगानीस्तानका महोमद नाबी र पाँचौ स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।

यसैगरी कुशल मल्ल एक स्थान तल खस्दै ३६ औँ स्थानमा पुगेका छन् । रोहित पौडेल ११ स्थान सुधार गर्दै ५५ औँ स्थानमा आइपुगेका छन् ।

गुल्सन झा ६ स्थान खस्किँदै ६८ औँ स्थानमा, कुशल भुर्तेल ४३ स्थान सुधार गर्दै ७० औँ स्थानमा, करण केसी ६ स्थान खस्किँदै ७५ औँ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट