बजेट पुनर्लेखन गर्न सरकारलाई कांग्रेसको सुझाव-Sutra News

बजेट पुनर्लेखन गर्न सरकारलाई कांग्रेसको सुझाव

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएका छन् ।



बुधबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले बजेटप्रति चौतर्फी असन्तुष्टि देखा परेको भन्दै पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

उनले बजेटमा देखिएको असन्तुष्टि नसच्चाए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकीर गरे । मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तिका च्यात्ने, रोष्टममा मौन बस्ने जस्ता काम निकै लज्जास्पद भएको उनको भनाइ थियो ।

उनले सुदूरपश्चिमलगायत पूरै देशभर विनियोजन गरिएको बजेटमा कुनै पनि सांसदले चित्त बुझाउन नसकेको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट