सौन्दर्यप्रेमीलाई लक्षित गरी बानेश्वरको इन्द्रेणी कम्पलेक्समा खुल्यो ‘एम स्टाइल’-Sutra News

सौन्दर्यप्रेमीलाई लक्षित गरी बानेश्वरको इन्द्रेणी कम्पलेक्समा खुल्यो ‘एम स्टाइल’

बुधबार, ५ असार २०८१

बुधबार, ५ असार २०८१

काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्पलेक्समा एम स्टाइल सोलुन एण्ड ब्यूटी हब सञ्चालनमा आएको छ ।



मंगलबार एक भव्य कार्यक्रममा बीच काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल र कलाकारद्वय प्रियंका कार्की र आयुष्मान भेषराज जोसीले संयुक्तरुपमा एम स्टाइलको उद्घाटन गरेका थिए ।

लामो समयदेखि सौन्दर्य व्यवसायमा काम गर्दै आइरहेकी गीता गिरीले एम स्टाइल खोलेकी हुन् । एम स्टाइलमा पुरुष र महिला दुवैलाई सौन्दर्यसँग सम्बन्धित सेवा दिइने जनाइएको छ ।

उद्घाटनको अवसरमा असार महिनाभर एम स्टाइलका सबै सेवामा ५० प्रतिशतसम्म छुट दिइने जनाइएको छ ।

सौन्दर्यसँग सम्बन्धित सेवाका साथै सौन्दर्य तालिम पनि प्रदान गरिने कम्पनीले जनाएको छ । सञ्चालिका गिरीका अनुसार विशेषगरी वैदेशिक रोजगारीमा जान खोज्ने युवा तथा युवतिका लागि यहाँ सौन्दर्यसम्बन्धी एडभान्स तालिम दिइनेछ ।

एक सातादेखि दुई वर्षसम्मको तालिमका विभिन्न प्याकेजहरु रहेको उनले बताइन् । सौन्दर्य तालिम सिकेपछि रोजगारीको पनि सुनिश्चितता रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट