आज यी प्रदेशमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो छ ?-Sutra News

आज यी प्रदेशमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो छ ?

बिहिबार, ६ असार २०८१

बिहिबार, ६ असार २०८१

काठमाडौं । नेपालको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा बदली रहने छ ।

यी प्रदेशका केही स्थानका साथै मधेस प्रदेशको थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । यी प्रदेशका केही स्थानसहित लुम्बिनी प्रदेशको पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट