रोकेर राखेको लरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु-Sutra News

रोकेर राखेको लरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु

बिहिबार, ६ असार २०८१

बिहिबार, ६ असार २०८१

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।



पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका ११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रु बोकेको बस ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन् ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट