आफ्नो सम्बोधनमा शीर्ष नेता उपस्थित नभएको भन्दै प्रधानमन्त्री असन्तुष्टि-Sutra News

आफ्नो सम्बोधनमा शीर्ष नेता उपस्थित नभएको भन्दै प्रधानमन्त्री असन्तुष्टि

बिहिबार, ६ असार २०८१

बिहिबार, ६ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरू उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।



बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुदै गएको र यसले आफैलाई अपमान गर्दै लागेको टिप्पणी गरेका छन् ।

उनले यो परम्परा पछिल्ला दिनहरुमा तोडिदै गएको बताउँदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैले आफैलाई अपमान गर्दै गएको हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट