रोहित पौडेलको दाबी- पिचका कारण चाहेजस्तो प्रदर्शन भएन-Sutra News

रोहित पौडेलको दाबी- पिचका कारण चाहेजस्तो प्रदर्शन भएन

बिहिबार, ६ असार २०८१

बिहिबार, ६ असार २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी २० विश्वकपमा तुलनात्मक रुपमा ब्याटिङ कमजोर देखिएको बताएका छन् ।



नेपाल क्रिकेट संघले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङमा नेपालले धेरै राम्रो गरे पनि ब्याटिङ कमजोर देखिएको बताएका हुन् । यद्धपि, उनले पिचको कण्डिसनले ब्याट्सम्यानले चाहेजस्तो प्रदर्शन गर्न नसकेको जिकीर गरे ।

आईसीसी टी २० विश्वकपअन्तर्गतका अन्य खेलमा पनि पिचकै कारण धेरै रन बन्न नसकेको कप्तान पौडेलको भनाइ थियो । उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा जितको नजिक पुगेर अन्तिम रन बनाउन नसक्दा निकै दुःख लागेको बताए ।

नेपाली टिमलाई अनुभवको धेरै खाँचो रहेकाले आगामी दिनमा बलियो राष्ट्रहरुसँग खेल्ने वातावरण सिर्जना गर्नु पर्ने उनको भनाइ छ । उनले फिल्डिङमा पनि केही समस्या देखिएको जिकीर गरे ।

उनले आईसीसी टी २० विश्वकपसम्म पुग्दा नेपालले धेरै कुरा सिक्ने मौका पाएको भन्दै आगामी दिनमा राम्रो क्रिकेट खेल्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट