माओवादीले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा-Sutra News

माओवादीले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा

बिहिबार, ६ असार २०८१

बिहिबार, ६ असार २०८१

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)काे गण्डकी प्रदेश संसदीय दलको कारबाहीमा परेका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन्। देवकाेटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै उक्त कारबाही कार्यान्वयनमा रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन् ।



देवकाेटाले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् ।

देवकाेटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिंदा ‘फ्लोर क्रस’ गरेर मत दिएका थिए। पार्टी संसदीय दलकाे निर्णयविरूद्ध गएका देवकोटालाई माओवादीले कारबाही गरिएको पत्र पठाएको थियो। सभामुख घितालले माओवादीले पठाएको पत्र प्रदेश सभा बैठकमा सुनाएका थिए। त्यससँगै देवकोटा सांसद पदबाट निलम्बनमा परेका थिए ।

देवकोटाले आफूमाथिकाे कारबाही गर्ने निर्णय बदर गरी पाउँ भनि अन्तरिम आदेशको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट