काठमाडाैं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ र प्रशान्त रासाइलीको निर्देशनमा रहेको ‘आचार्य’ प्रदर्शनमा आएका हुन् ।
पूजा शर्मा मुख्य भूमिकामा रहेको ‘दान्भी’मा एक्सन लभस्टोरी फिल्म हो । सत्यराज आचार्य मुख्य भूमिकामा रहेको ‘आचार्य बायोपिक फिल्म रहेको छ । भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्मले १३ वर्ष अगाडि प्रदर्शन हुँदा राम्रो समीक्षा पाएको थियो।
दुई फिल्म मध्य आक्रामक प्रचार प्रसारका कारण चर्चामा रहेको दान्भीले उच्च शो पाएको छ। फिल्म ‘आचार्य’को प्रचार प्रसार नभएका कारण फिल्म ‘आचार्य’ले अपेक्षा गरेजस्तो धेरै शो पाएको छैन।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘दान्भी’लाई उच्च शो दिएको छ । काठमाडौंमा १६ दिएको क्यूएफएक्सले उपत्यका बाहिर ३१ शो प्रदान गरेको छ । यता, ‘आचार्य’ क्यूएफएक्सले उपत्यकामा २ शो र बाहीर ३ शो उपलब्ध गराएको छ ।
देशकै दोस्रो ठूलो चेन आईएनआईले आफ्नो आउटलेटमा ‘दान्भी’लाई १२ शो उपलब्ध गराउँदा ‘आचार्य’लाई एक एक शो प्रदान गरेको छ । यसैगरी, अर्को ठूलो मल्टिप्लेक्स चेन वान सिनेमाजले दान्भीलाई ७ आचार्यलाई ३ शोज दिएको छ भने आचार्यलाई ३ शोज आफ्नो आउटलेटमा उपलब्ध गराएको छ ।
यस्तै, अन्य मल्टिपेलेक्श हलहरु एफक्यूब तीन, विग मुभिजले सम्मान ४ शोज ‘दान्भी’लाई दिएका छन् । आचार्यलाई विग मुभिजले दुई शोज एफक्यूबले एक शोज दिएका छन् ।
‘दान्भी’मा पूजा शर्मा र कुन्साङ बम्जनको मुख्य अभिनय छ। पूजाले पहिलोपटक यो फिल्ममा एक्सन भूमिका निर्वाह गरेकी छन्। फिल्ममा काम गर्न एक्सनले नै आकर्षित गरेको उनको भनाई छ।
फिल्मका लागि धेरै मेहनत गरेको बताउँदै हेरिरहेका भन्दा यसमा फरक एक्सन देख्न पाइने पूजाले बताएकी छन्। यसको रनटाइम २ घण्टा ५ मिनेट छ।
‘आचार्य’ १३ वर्षअघि निर्माण भएर प्रदर्शन भएता पनि गत वर्ष निधन भएका आचार्यलाई श्रद्धाञ्जली स्वरूप पुनः रिलिज गर्न लागिएको हो। फिल्ममा आचार्यको बाल्यकालदेखि संघर्ष, संगीत क्षेत्रको उत्कृष्ट समय, स्वर गुमेको घटनालाई प्रस्तुत गरिएको छ। उनको निधन पश्चातका दृश्यहरू पनि समेटेर नेपाल र अन्तर्राष्ट्रिय बजारमा पुनः प्रदर्शनमा ल्याउन लागिएको छ।
फिल्ममा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन्। फिल्ममा सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ। यो फिल्म २ घण्टा १७ मिनेट लामो छ।
यो फिल्मलाई रोशन राईले निर्माण गरेका हुन् ।
दुईवटै फिल्मको व्यावसायिक भविष्य भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।