ट्रम्पलाई एक जनाले दिए झण्डै सात अर्ब रुपैयाँ चन्दा-Sutra News

ट्रम्पलाई एक जनाले दिए झण्डै सात अर्ब रुपैयाँ चन्दा

शुक्रबार, ७ असार २०८१

शुक्रबार, ७ असार २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले पाँच करोड डलर अर्थात झण्डै सात अर्ब नेपाली रुपैयाँ चन्दा दिएका छन् ।



अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषयमा चर्चा भएको हो । ट्रम्पको लागि काम गर्ने ‘MAGA Inc’ नामक कोषले संघीय निर्वाचन आयोगलाई गत महिना विभिन्न व्यक्तिबाट ६५ मिलियन डलरभन्दा बढी चन्दा लिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५० मिलियन डलर दान गरेका छन् । त्यस्तै अर्बपति लिज र डिक उइलेनले एक मिलियन डलर दान गरेका छन् ।

अमेरिकी मिडियाका अनुसार न्युयोर्क हश मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा दिएका हुन् । मेलनले स्वतन्त्र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरलाई २० मिलियन डलर चन्दा दिएका छन् ।

मेलनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बाइडेनले भन्दा बढी खर्च गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट