काठमाडौं । बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रहरी चौकी भार्तामा कार्यरत २४ वर्षीय सन्तोष बोटलाई पक्राउ गरेको हो ।
किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेसँगै प्रहरी जवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ बलात्कार गरेको जाहेरीमा उल्लेख छ । अभिभावकविहीन उनलाई प्रेमको बहानामा पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका बोटमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको प्रहरीले जनाएको छ ।