ग्लोबल आइएमई बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलमा छुट पाउने-Sutra News

ग्लोबल आइएमई बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलमा छुट पाउने

शुक्रबार, ७ असार २०८१

शुक्रबार, ७ असार २०८१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटल प्रालिका सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको समझदारीअनुसारबैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।



बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछि विराटनगरस्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट